सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ भाद्र । साताको दोस्रो दिन आज पनि शेयर बजार उच्च अङ्कले घटेको छ । हिजो आइतबार ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमबार ५७ दशमलव ०३ अङ्कले घटेर २ हजार ५८० दशमलव ७६ विन्दुमा झरेको छ ।
यसदिन ३१२ वटा कम्पनीका १ करोड ७० लाख कित्ता शेयर ७ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै सिइडिबि हाइड्रोको शेयर ३१ करोड ११ लाखभन्दा पनि बढिको किनबेच भयो ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन गुडविल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । घटेको आजको बजारमा आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा