सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँदिल्ली, २७ जेठ । भारतीय सरकारले योगाको प्रबद्र्धन तथा विकासका लागि देशभरी एक सय ओटा योगा पार्क बनाउने भएको छ । “ती पार्कहरु विषेश गरी योगा गर्नका लागि बनाइने छ, एक वर्षभित्रमा यस्ता पार्क बनाउनका लागि योगा सम्वन्धी वा अन्य सङ्घसंस्थाले स्वयमसेवीरुपमा सहयोग गर्ने छन्,” आयुर्बेद, योगा र होमियोप्याथी मन्त्री श्रीपाद निकले भन्नुभयो ।
उहाँले आवश्यक श्रोतसाधन सम्वन्धीत प्रदेश सरकार र विभिन्न सम्वन्धीत निकायले उपलब्ध गराउने बताउनुभयो । योगा पार्कमा प्राचिन योग अभ्यासका बारेमा सर्वसाधारणलाई प्रशिक्षणसमेत दिइने भएको छ । मन्त्री श्रीपादले यही जुन २१ तारिखका दिन अन्तरराष्ट्रिय योगा दिवस भव्यताका साथ मनाउन सवैलाई आह्वान पनि गर्नुभएको छ ।
लखनउमा हुने योगा दिवसको मुख्य समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो ।कार्यक्रममा प्रधानमन्त्री मोदीसँगै केन्द्रीय सरकारका अन्य केही मन्त्री, उत्तरप्रदेशका मुख्य मन्त्री, योगा गुरुलगायतले योगाका बारेमा छलफल गर्नुहुने उहाँले बताउनुभयो । जुन २१ का दिन हुने प्रदर्शनात्मक योगामा झन्डै ५० हजार जना सहभागी हुने अपेक्षा गरिएको छ ।
गत वर्ष पनि प्रधानमन्त्री मोदीकै नेतृत्वमा दोस्रो अन्तरराष्ट्रिय योगा दिवस चण्डीगढमा मनाइएको थियो । योगाले शरिरलाई सक्रिय, बलियो, फुर्तिलो र स्वस्थ राख्नुका साथै स्वासप्रश्वास, मुटुलगायतका अंगलाई समेत फाइदा गर्ने विज्ञहरुको भनाइ छ । संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको जुन २१ तारिकका दिन विश्वभरी अन्तरराष्ट्रिय योगा दिवस मनाउने निर्णय केही वर्ष अगाडि गरेको हो
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा