सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ भाद्र । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. ०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको छ । ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।
उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् । यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । कामना सेवा विकास बैंक आ.व. ०८०।८१ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिशेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो ।
बैंकको शुक्रवार वसेको संचालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताउनुभयो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा