सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । विश्व सम्पदा सूचीमा सूचिकृत उतर–पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी माइचिशान पहाडी गुफा निकै चर्चित मानिन्छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त गुफाको अवलोकन भ्रमण गर्दै त्यहाँ देखिएका मौलिक र ऐतिहासिक कलाकृत्तिका बारेमा प्रशंसा गरे ।
माइचिशान गुफाको इतिहास १६ यसय वर्षभन्दा पूरानो छ । उक्त गुफा चीनका चार प्रसिद्ध गुफाहरूमध्येको एक र पूर्वीय कुँदाइ कलाको प्रदर्शन पनि मानिएको छ ।
उक्त स्थानमा २२१ गुफा, १० हजार ६००भन्दा बढी मूर्ति र एक हजार वर्गमिटरभन्दा बढी भित्तेचित्र छन् । भ्रमणका क्रममा राष्ट्रपतिले परम्परागत संस्कृतिको संरक्षणको महत्त्वमा जोड दिंदै ऐतिहासिक स्थलको संरक्षण गर्न नवीन विधिहरू प्रयोग गर्न आग्रह गरे ।
उक्त उफा निकै विचित्रको मानिन्छ । गहुँको थुप्रो जस्तो देखिने पहाडमा खैरो रंगका चट्टानहरु देखिन्छन् । त्यसलाई चिनियाँ भाषामा ‘माइजिशान’नाम दिइएको छ, जसको अर्थ चिनियाँ भाषामा ‘गहुँको ढुङ्गा पहाड’ हो । जहाँ बर्षेनी हजारौं पर्यटकहरु पुग्ने गरेका छन् ।(सीसीटीभी प्लस)
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा