सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२७ जेठ– काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि गम्भीर आरोप लगएका छन् । शनिबार आफ्नो निजी निवास लाजिम्पाटमा अन्य पार्टीका नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले नेकपा एमाले अवसरवादी पार्टी भएको आरोप लगाए ।
माओवादी नेतृत्वले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानको स्वीकार्यता बढाई त्यसलाई संस्थागत गर्ने कुरामा गम्भीर पहल कदमी लिएको भन्दै प्रचण्डले त्यसले जनतामा या आशा र विश्वासको संचार गराएको बताए ।
आफुले दोश्रो पटक सरकारको नेतृव्त गरेर वाहिरिँदै गर्दा केही मान्यता स्थापित गर्न दावी पनि प्रचण्डले गरे । प्रचण्डले पार्टीबाट भिन्न भएका नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह र मोहन बैद्य ‘किरण’ नेतृत्वको समुहलाई कुनै भ्रममा नपरी पार्टीमा एकत्रित हुन आव्हान समेत गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा