सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ भाद्र । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार २२ दशमलव ७३ अङ्कले घटेर २ हजार ६१० दशमलव २१ विन्दुमा झरेको छ ।
यसदिन ३१७ वटा कम्पनिको १ करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ८५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिईडिबि हाइड्रोको ३४ करोड ७३ लाख रुपैयाको शेयर किनबेच भयो ।
३ हजार विन्दुमा पुगेको नेप्से पछिल्लो ६ कारोबारको दिन लगातार घटेको छ । नेप्से गएको हप्ताको बुधवार ९० दशमलव ७३, बिहीवार १२ दशमलव १० अङ्कले घटेको थियो । यस्तै यो हप्ताको आइतवार २५ दशमलव ४६, सोमवार ५५ दशमलव ८६ र हिजो मङ्गलवार १३ दशमलव शून्य नौ अङ्कले घटेको थियो ।
आज फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन एशियन हाइड्रोपावर कम्पनीको शेयर झन्डै ७ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा