सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ भाद्र । साताको दोस्रो दिन आज पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६४६ दशमलव ०३ विन्दुमा झरेको छ ।
यसदिन ३२७ वटा कम्पनीका २ करोड १० लाख कित्ता शेयर ९ अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सिईडिबि हाइड्रोपावरको शेयर ३७ करोड भन्दा धेरैको किनबेच भयो ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल, फाइनान्स, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन उन्नति सहकार्य लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । उच्च अङ्कले घटेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर भने झन्डै नौ प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा