सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ भाद्र । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच एक कार्यक्रमको आयोजना गर्दै रेमिटेन्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ ।
आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए ।
कमर्स प्लेक्स Simpaisa होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा FINTRAC द्वारा संचालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसायले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ रणनीतिक साझेदारीको लागि तयार भएको कम्पनी हो ।Kumari Bank Ad
कार्यक्रममा बोल्दै कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख शाहरोजले भनेः “आइएमई लिमिटेडसँगको हाम्रो साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीहरूलाई भरपर्दो च्यानलहरूमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्वपूर्ण कदम अगाढी बढेको छ ।“
आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ । आईएमइ लिमिटेड रेमिटान्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा