सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ भाद्र । साताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार ५३ दशमलव ६३ अङ्कले घटेर २ हजार ६ ९५ दशमलव ९३ विन्दुमा झरेको छ ।
बजारसँगै कारोबार रकममा पनि कमी आएको यसदिन ३३७ वटा कम्पनिको २ करोड ६२ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । सबैभन्दा धेरै गुडविल फाइनान्सको ५२ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज पिपुल्स हाइड्रो, माइखोला हाइड्रो र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा