सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २६ –काठमाडौं, अभिनयका कारणले महानायकको उपाधि पाएका अभिनेता राजेश हमाल ५३ बर्षमा लागेका छन् । उनी आज शुक्रबारबाट ५२ पुगेर ५३ टेकेका हुन् ।
दुई दशक भन्दा लामो समय नेपाली चलचित्र अभिनयमा बिताएका हमालले दुई सय भन्दा माथीका चलचित्र अभिनय गरेका छन् । स्वर्गिय निर्देशक दीपक रायमाझी निर्देशित युगदेखि युगसम्मबाट अभिनयमा डेब्यु गरेका हमालको अभिनय यात्रा अहिले पनि जारी छ ।
अभिनयमा प्रवेश गर्ने धेरै कलाकार निर्माताको रुपमा समेत देखिन थालिसकेका छन् । कोही निर्देशक समेत बनिसकेका छन् । अभिनेता राजेश हमाल अहिलेसम्म यी कुराभन्दा बाहिर रहँदै आएका छन् । केही पहिले अभिनेता हमालले निर्देशनमा आफु उत्रिन सक्ने बताएका थिए । तर कहिले र के मार्फत उनले खुलाएनन् ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा