सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ भाद्र । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंङ्कले घटेको छ । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८३ अङ्कले घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा झरेको छ ।
यसदिन ३२२ वटा कम्पनीका २ करोड ८३ लाख कित्ता शेयर १२ अर्ब २४ करोड रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै गुडविल फाइनान्सको सर्वाधिक ३७ करोड ६५ लाख रुपैयाको शेयर किनबेच भयो ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन, विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन कुथेली बुखारी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा