सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २६ , काठमाडौं । राजपा नेपालले नयाँ सरकारसँग निर्वाचनमा जाने वातावरण तत्काल निर्माण गर्न माग गरेको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बोल्दै पार्टीका नेताद्धय महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्लाले सरकारले अझै स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जाने वातावरण नबनाएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
नयाँ सरकारलाई शुभकामना दिँदै नेता यादवले आफूहरु निर्वाचन विरोधी नभएपनि सरकार र प्रमुख प्रतिपक्ष एमालेले सो वातावरण बनाउन नचाहेको आरोप समेत लगाए । नेता यादवले मुलुकको अखण्डतालाई बचाउन समेत आफुहरुलाई निर्वाचनमा जाने वातावरण बनाउने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसको भएको पनि उल्लेख गरे ।
नेता सर्वेन्द्रनाथ शुक्लाले आफुहरुको माग सम्बोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन भइरहेको तयारीबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग पनि गरे । उनले सरकारले तत्काल वातावरण नबनाए आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए । उनले सरकार आफै निर्वाचनमा जाने वातावरण बनाउन अनिच्छुक देखिएको जिकीर पनि गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा