सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २६ ,काठमाण्डौ । नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले प्रहरीको चेन अफ कमाण्डभित्र रहेर देश र जनताको पक्षमा काम गर्न प्रहरीहरुलाई निर्देशन दिएका छन् । उनले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुरक्षा चुनौतीलाई ख्याल गर्न पनि निर्देशन दिए ।
सशस्त्र प्रहरी बल प्रधान कार्यलयको निरीक्षण गर्दै गृहमन्त्री शर्माले देश र जनताप्रति इमान्दार रहि राष्ट्रसेवामा थप सुदृढ, आत्मविश्वास र उच्च मनोवलका साथ अगाडी बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरे । उनले सशस्त्र प्रहरी बलले नेपाललि स्रोत साधनको अभावका बाबजुत निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा