सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ भाद्र । शेयर बजार आज उच्च अङ्कले घटेर २७ सय विन्दुमा आईपुगेको छ । हिजो झन्डै ८० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से १११ दशमलव ९६ अङ्कले घटेर २ हजार ७८२ दशमलव ६० विन्दुमा झरेको हो ।
यसदिन ३३० वटा कम्पनीका ४ करोड ३८ लाख कित्ता शेयर १८ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भयो ।
आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन नेपाल फाइनान्सको शेयर १० प्रतिशतले घट्दा रिडी पावर कम्पनीको शेयर साढे आठ प्रतिशतले ओरालो लाग्यो । बजार घटेको दिन तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा