सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२६ जेठ । इँट्टा उद्योगमा कार्यरत मजदुरका १४१ बालबालिकाले बालविकास केन्द्रबाट औपचारिक शिक्षा लिएका छन् । बेटर ब्रिक–नेपाल परियोजनाले दर्वेसास्थित आनन्द इँट्टा र मोतिपुरको ‘५५५ इँट्टा उद्योग’ मा कार्यरत मजदुरका बालबालिकाले शिक्षा लिएका हुन् । परियोजनाका फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारका अनुसार जिल्लाको बहुसङ्ख्यक इँट्टा उद्योगमा कार्यरत ९० प्रतिशत भारतबाट आएका कामदार र बाँकी १० प्रतिशत मात्र नेपाली कामदार कार्यरत छन् । उहाँले भन्नुभयो, “भाषाको कारण बङ्गाली शिक्षक पाएको छैन जसबाट साना बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएको छ ।’ सो उद्योगमा ३१० पुरुष, २०३ महिला र ३७ जना किशोर अवस्थाका कामदार रहेको कार्यरत रहेको परियोजनाले जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा