सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ भाद्र । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ०१ अङ्कले बढेर २ हजार ९७४ दशमलव ४६ विन्दुमा पुगेको छ ।
यसदिन ३३३ वटा कम्पनीको ४ करोड ९ लाख कित्ता शेयर १९ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको १ अर्ब ३ करोड भन्दा धेरैको शेयर किनबेच भयो ।
आज लगानी, उत्पादन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज तारागाउँ रिजेन्सी होटल, नारायणी विकास बैंक, ज्योति विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार समान्य बढेको दिन सिद्धार्थ बैंक डिबेन्चर २०८३ को शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा