सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ भाद्र । यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउ र सिजी फुड्सको वाइवाइबिच ब्रान्डलाई लिएर विवाद बढेको छ । सिजीले आफ्नो ट्रेडमार्कको नक्कल गरेको भन्दै मुद्धा सर्वोच्च अदालतसम्म पुगेको छ ।
सोही बिषयलाई लिएर विभिन्न सञ्चार माध्यममा करेन्द चाउचाउमा सर्वाेच्च अदालतले रोक लगायो भनी अदालतको अवहेलना हुनेगरी दुष्प्रचार भएको भन्द्र यशोदा फुडसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
करेन्ट चाउचाउको एउटा ब्रान्ड दर्ताको मुद्धामा २०८० साल जेठ २९ गते उद्योग विभागले यशोदा सिजी फुडसको दावी नपुग्ने र यशोदा फुडसले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी आदेश गरेको थियो । सोही आदेश विरुद्ध सिजी फुड्स (नेपाल) ले उच्च अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन विक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको थियो । उक्त निवेदनमा उच्च अदालत पाटनले उद्योग विभागको निर्णय उक्त मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको थियो । उच्चको उक्त आदेशबिरुद्ध यशोदा फु्ड्स पुन सर्वोच्च अदालत गएको थियो।
उक्त मुद्धामा २०८१ साउन ३२ गते सर्वाेच्च अदालतबाट ‘कानुन बमोजिम गर्नू’ भनि आदेश भएको थियो । तर विभिन्न सञ्चार माध्यमहरुमा गलत ब्याख्या हुने गरी यशोदाले सबै उत्पादनमा रोक लगाएको र बजारबाट उत्पादन पनि फिर्ता हुनुपर्ने भन्दै समाचार आएपछि यशोदाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
यशोदाले उच्च अदालतको आदेशको सम्मान गर्दै आफूहरूले यथास्थितिमा राख्न आदेश आएको ट्रेडमार्कको चाउचाउको उत्पादन नगरेको भन्दै विज्ञप्ति
जारी गरेको छ ।
यशोदाले समाचारमा कुनै सत्यता नरहेको भन्दै यस्ता हल्लाको पछाडि नलागी निर्वाद रुपमा उत्पादनहरु विक्री वितरण गर्न तथा उपभोग गर्न आर्म उपभोक्ताहरु, व्यापारी तथा डिलरहरुसमक्ष अनुरोध समेत गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा