सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ भाद्र । भाद्र महिना लागेपछि सुरु भएको साताको पहिलो कारोबारको दिन सुनको भाउ वृद्धि भएको छ । उक्त दिन सुन प्रतितोला ३००० रुपैंयाले बढेर रेकडृ ब्रेक गर्दै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत साउन २९ गते सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको हो।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला ५० रुपैंयाले बढेर हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा