सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ साउन । गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि मुत्यु भएकी स्कुटर चालक महिलाको शव उठाइएको छ । दिनभर तनावग्रस्त बनेको गठ्ठाघरमा शव उठाइएपछि शान्त बन्दै गएको छ ।
आज बिहिबार ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । प्रहरी र स्थानीय बासिन्दाबीच ढुंगा हानाहान भएको छ।
महिलाको मृत्यु भएपछि स्थानीयले केहीबेर ट्राफिक प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन समेत गरेका थिए ।
आक्रोशित स्थानीयले ट्रकको ठक्करबाट मृत्यु भएको महिलाको शव उठाउन दिएका थिएनन ।
ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो । दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा