सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३१ साउन । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ ।
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)को दिगो विकासका लागि शिक्षा अन्तर्गत यस विश्वव्यापी साझेदारीले शिक्षाको माध्यमबाट जलवायु संकटलाई सम्बोधन गर्ने लक्ष्य राख्दै व्यक्तिगत र सामाजिक रूपान्तरण ल्याउनका लागि आवश्यक पाठ्यक्रमको परिवर्तन समर्थन गर्दछ ।
ब्रिटिस कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रम अन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)बाट यो मान्यता पाएको हो ।
हरित शिक्षा प्रवद्र्घनमा ब्रिटिस कलेजको प्रयास तथा दृढ संकल्पको आधारमा गरिएको मूल्याङ्कन प्रक्रिया पछि यस मान्यता प्रदान गरिएको हो । ब्रिटिस कलेज नेपालमा यो मान्यता प्राप्त गर्ने पहिलो विद्यालय भए संगै आफूलाई वातावरणीय रूपमा सचेत शिक्षणमा अग्रगामीको रूपमा स्थापित गरेको छ ।
यस मान्यतासँगै ब्रिटिस कलेजले युनेस्कोको बिभिन्न स्रोतहरु जस्तै, ज्ञान प्राप्त गर्ने, बिभिन्न कार्यक्रमहरुमा सहभागिता, परामर्श लगायतका अवसरहरुमा पहुँच प्राप्त गरेको छ ।
त्यसैगरि कलेजलाई आफ्नो नेटवर्क विस्तार गर्न र संयुक्त राष्ट्र संघको अन्य एजेन्सीहरुसँग सम्बन्ध निर्माण गर्ने ढोका खुलेको छ ।
कलेजको उपलब्धिपछि प्रक्रिया दिँदै बीबीए तथा आईएफआई परियोजनाका प्रमुख सुनिता बस्नेतले भन्नुभयो, “हाम्रो संस्थामा सस्टेनेबिलिटी र ग्रिन एजुकेशनबारे साझा दृष्टिकोण रहेको छ । त्यसैले यो उपलब्धि प्राप्त गर्नमा ब्रिटिस कलेजका सबै विभागका सहकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको छ । हामी यस महत्वपूर्ण उपलब्धिमा कृतज्ञ छौं । साथै, आगामी दिनमा पनि यस्तो कार्यलाई बढावा दिन हाम्रो कलेज सक्षम रहेको छ ।”
ग्रिनिङ एजुकेशन पार्टनरको रुपमा मान्यता पाएको ब्रिटिस कलेज, शिक्षा तथा अन्य संस्थाहरुलाई हरित तथा दिगो शिक्षालाई अग्रभागमा राखेर अघि बढ्न प्रेरित गर्दछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा