सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ साउन । हिजो ७० अङ्कभन्दा धेरैले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १८ अङ्कले घटेर २हजार ९२३ दशमलव ४६ विन्दुमा झरेको छ ।
यसदिन ३३२ वटा कम्पनिको ५ करोड २७ लाख कित्ता शेयर २१ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज बैंकिङ, फाइनान्स, लगानी, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लाग्यो । सबैभन्दा धेरै नेपाल फाइनान्सको झन्डे ८२ करोडको रुपैयाको शेयर किनबेच भयो ।
आज नेपाल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्स कम्पनीका शेयरमा भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा