सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,२८ साउन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गरेका छन् ।
छलफलका क्रममा नेपाली सेनाका अधिकारीहरुले तालिम र व्यवस्थापन,अवलम्बन गरेका असल अभ्यासका विषयमा छलफल भएको हो। त्यस्तै भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँ ठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्ने लगायतका विषयमा नेपाली सेनाले सुझाव दिएको छ ।
एक महिनामा एउटा जहाज र एउटा हेलिकप्टर दुर्घटना भएपछि उनले रक्षामन्त्री, प्रधान सेनापतिका साथै दुई मन्त्रालयका सचिवहरूसँग सामूहिक छलफल गरेका हुन् । नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले गैरसैनिक हवाई उडानलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका थिए ।
हालै भएका हवाइ दुर्घटनाको छानवीन समिति गठन भएको भए पनि अध्ययन प्रतवेदन भने आउन बाँकी रहेको छ । अनुभव साट्ने क्रममा नेपाली सेनाका अधिकारीहरुले हवाई सुरक्षाका लागि ओभरअल सिस्टम र नियमकानुनको कमी नभएको तर कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने सुझाव दिएको थियो ।
नेपाली सेनाको हवाई सुरक्षाका सन्दर्भमा आफ्नै निर्देशिका भएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) को गाइडलाइन फलो गर्न नपरेको प्रष्ट पारेको छ । त्यसैगरि धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नगारिक उड्डयन प्राधिकरण (क्यान), आईसीएओ र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमनमा जोड दिनुपर्ने विषयमा समेत सुझाव दिइएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा