सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,२७ साउन। उपप्रधान एवम सहकारी विकासमन्त्री प्रकाशमान सिंहले सिस्टममा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेको नभई सामाजिक, आर्थिक, राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि धेरै ठूलो भूमिका निर्वाह गरेको बताए ।
उनले भने,‘समाज परिवर्तनमा युवाहरुको भूमिका धेरै छ । युवाहरुले राजनीतिक अधिकारका लागि मात्र लडेका छैनन्, सामाजिक,आर्थिक,राजनीतिक र पद्धतिमा देशलाई अगाडि बढाउनको लागि युवाहरुको भूमिका धेरै ठूलो हुने भएका कारण सबै जिम्मेवारीहरुलाई ख्याला राखेर आगामि दिनमा राम्रो गर्दै जानुपर्छ ।’
उनले प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा भएका कमजोरीलाई सुधार्न आवश्यक रहेको बताए ।
‘हामीले राजनीतिक अधिकार पाइसकेका छौं । संविधानपछि प्राप्त गरेका जुन अधिकारहरु छन् । ती अधिकारहरुलाई अब सुरक्षित राख्दै अझ परिमार्जन गर्दै कार्यान्वयन पक्षमा केही कमि कमजोरी भएको छ भने सुधार्न आवश्यक छ ’उनले भने ।
देशको सुधार र परिवर्तनमा एक अर्कालाई आरोप लगाएर मात्र समाज र देशको अवस्था नसुध्रिने बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा