सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,२७ साउन। भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको निधन भएको छ । लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।
पूर्वकांग्रेस सांसद र राज्यसभा सदस्य नटवर सिंह तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको नेतृत्वमा रहेको यूपीए–१ सरकारको अवधिमा २००४–०५ को अवधिमा भारतका विदेशमन्त्री थिए /
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा