सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २५ – युएई सरकारले कतार प्रति सहानुभूती देखाउनेलाई जेल सजाय र जरिवाना गर्ने बताएको छ । युएईका परामर्शदाता डा. हमद सैफ अलले बुधबार वक्तव्य जारी गरी कतार प्रति सहानुभूती देखाउनेलाई १५ वर्षसम्म जेल सजाय र पाँच लाख दिर्हाम भन्दा धेरै जरिवाना हुने बताउनु भएको छ ।
युएईका नागरिकले कतारलाई सहयोग पुग्ने कुरा सामाजिक सञ्जाल, लेखन वा श्रव्य दृश्य कुनै पनि माध्यमबाट प्रस्तुत गरेमा जेल सजाय र जरिवाना हुने गल्फ न्युजले उल्लेख गरेको छ । यस्तै, युएईको संघीय सार्वजनिक अभियोजनले पनि संघीय दण्ड कोड अनुसार कसैले पनि राष्ट्रिय एकतामा खलल पुग्ने कार्य गरेमा तीन देखि १५ वर्षको जेल सजाय र जरिवाना हुनेछ ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा