सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ साउन । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४५ दशमलव शून्य पाँच अङ्कले घटेर २ हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा झरेको छ ।
कारोबार रकममा रेकर्ड कायम गरेको आजको शेयर बजारमा ३२२ वटा कम्पनीका ५ करोड ३८ लाख कित्ता शेयर २३ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ । यसअघि साउन १६ गते एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । सबैभन्दा धेरे हिमालयन रि–इन्स्योरेन्सको १ अर्व ३९ करोड रुपैयाको शेयर किनवेच भयो ।
आज आठ वटा कम्पनीका शेयरमा नकारात्मक सर्किट लागेको छ । यसदिज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यस्तै १२ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन थ्री स्टार जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा