सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ साउन । साताको तेस्रो कारोबार दिन सुनको भाउ ह्वात्तै घटेको छ । यस दिन सुनको भाउ प्रतितोला २३०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४९ हजार ३०० हजार रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला ६० रुपैंयाले घटेर १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा