सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोयटर्स, ढाका । बंगलादेशमा गत महिनादेखि जारी हिंसात्मक हिंसाका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् । बंगलादेशका सेना प्रमुख वकार–उज–जमानले सोमबार शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको पुष्टि गरेका छन् ।
यससँगै हसिना ढाका छोडेर सुरक्षित स्थानमा गएकी छिन् । यसैबीच समाचार एजेन्सी रोयटर्सले शेख हसिना सैन्य हेलिकोप्टरमा भारत प्रस्थान गरेको जानकारी दिएको छ ।
शेख हसिना आफ्नी बहिनीसँगै प्रधानमन्त्रीको सरकारी निवास ‘गणभवन’ छोडेर सुरक्षित स्थानमा भागेकी छन् । बंगलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीलाई लिएर हिंसात्मक प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले लगातार प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका थिए । अन्ततः हसिनाले सोमबार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
भीडले कर्फ्यू तोड्यो
हजारौं प्रदर्शनकारीहरूले राष्ट्रव्यापी कर्फ्यूलाई अवज्ञा गर्दै ढाकाको सडकमा मार्च गरे र पछि प्रधानमन्त्रीको सरकारी निवासमा आक्रमण गरेका थिए।
बंगलादेशमा गत महिनादेखि जारी भयंकर हिंसा रोकिने कुनै संकेत देखिएको छैन।
अन्तरिम सरकारले देश चलाउछ : प्रधानसेनापति
यसैबीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि गहिरो राजनीतिक संकटमा सेना प्रमुखको भनाइ बाहिर आएको छ । उनले अब अन्तरिम सरकारले मात्र देश चलाउने बताए । उनले शेख हसिनाले राजीनामा दिएपछि सेनासँगको छलफलमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित भएको बैठक बसेको बताए ।
संकटको समाधान कहिले होला ?
उनले मुलुकमा कर्फ्यु वा आपत्कालीन अवस्था नरहेको र आज रातिसम्म संकट समाधान हुने बताए । उनले विद्यार्थीहरूलाई शान्त रहन र आ(आफ्नो घर फर्कन आग्रह गरे।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा