सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ साउन । शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर २ हजार ७९६ दशमलव ३८ विन्दुमा पुगेको छ ।
यसदिन ३२६ वटा कम्पनिको ४ करोड ९७ लाख कित्ता शेयर २१ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार, अन्य, जलविद्यु्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबेभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै एक अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
यसदिन ९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा