सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले आफूमाथि दुव्र्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन् ।
सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुव्र्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन् ।
‘म बढी पहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा गएको थिए । अवलोकन गरेर फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरु जम्मा हुनुभएको रहेछ । ति युवाहरु नसामा लठ्ठ हुनुहुन्थ्यो, ’उनले भनिन्,‘एकाएक मलाई घेर्न थाल्नुभयो । बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नुभयो । चक्रव्यूहजस्तो रचियो । जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो । पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो । एक किसिमले दुव्र्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनुभएको थियो ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा