सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल सरकार र विश्व बैंकले प्रादेशिक र स्थानीय सडक सुधारका लागि १० करोड अमेरिकी डलरको परियोजनामा हस्ताक्षर गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच विश्व बैंक र सरकारका प्रतिनिधिले उक्त परियोजनामा हस्ताक्षर गरेका हुन् ।
परियोजनाका बारेमा जानकारी दिँदै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले कनेक्टिभिटी, दक्षता, लचिलोपन र सुरक्षामा सुधार गर्न एवम सरकारको क्षमतालाई सुदृढ गर्न मद्दत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास एसोसिएशनबाट १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋणका लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको बताए ।
सडक तथा पुल पूर्वाधारको योजना, डिजाइन, निर्माण र मर्मत संभार तथा सेवा प्रवाहमा सुधार गर्न प्रदेश, स्थानीय सरकारको व्यवस्थापन र प्राविधिक क्षमता अभिवृद्धि गर्ने परियोजनाको लक्ष्य छ ।
वित्तिय सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव डा.रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् । माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक, डेभिड सिस्लेन सहरी विकास मन्त्रालयले छुट्टै परियोजना सम्झौता पनि गरेको छ ।
उनले उक्त सम्झौताले नेपालका लागि यात्राको समय र लागत कम गर्दै, ग्रामीण सम्पर्क विस्तार गर्न, सेवा र बजारहरूमा पहुँच सुधार गर्न र नेपालको आर्थिक सम्भावनालाई समावेशी रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा