सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ साउन । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बैंकहरुले हालसम्म सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेका हुन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १३.४० प्रतिशत धेरै हो ।
अघिल्लो वर्ष बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । सो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । बैंकले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १०.२३ प्रतिशत धेरै हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड, प्रभुले ४ अर्ब ४८ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड र एभरेष्ट बैंकले ३ अर्ब ७० करोड नाफा कमाएको छ । कृषि विकास बैंकले ३ अर्ब ६५ करोड रुपैंया, नेपाल एसबिआई बैंकले २ अर्ब रुपैंया, लइमी सनराइज बैंकले ३ अर्ब रुपैंया, हिमालयन बैंकले २ अर्ब ८३ करोड नाफा कमाएको छ । कुमारी बैंकले २ अर्ब ३० करोड रुपैंया नाफा कमाएको छ । बैंकको खुद नाफा ३४५.६७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ। जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशत घटेको छ। यस अवधिमा बैंकले १ अर्ब ३८ करोड रुपैंया कमाएको छ । त्यस्तै, नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ । बैंकले १ अर्ब ६५ करोड रुपैंया कमाएको छ । सिटिजन्स बैंकको खुद नाफा करिब २८ प्रतिशत घटेको छ। बैंकले १ अर्ब ३४ करोड रुपैंया कमाएको छ । त्यस्तै, ग्लोबल आइएमईले ६ अर्ब १ करोड नाफा कमाएको छ । यसको खुद नाफा भने १०.१३ प्रतिशत घटेको देखिएको छ ।
सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकको नाफा अघिल्लो वर्ष यसै अवधिको तुलनामा २३.०९ प्रतिशतले घटेको छ । बैंकले १ अर्ब २५ करोड रुपैंया कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ५.४८ प्रतिशत घटेको छ । यस अवधिमा बैंकले ३ अर्ब ३९ करोड नाफा कमाएको छ । त्यस्तै, स्टान्डर्ड चार्टड बैंकको नाफा ४.४१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड रुपैंया कमाएको छ । सिद्धार्थ बैंकको नाफा ४.४८ प्रतिशतले घटेको छ । बैंकले ३ अर्ब रुपैंया कमाएको छ । सानिमा बैंकले २ अर्ब ३८ करोड नाफा कमाएको छ । यसको खुद नाफा भने ८.५९ प्रतिशत घटेको देखिएको छ । त्यसैगरी, एनएमबि बैंकले २ अर्ब ३३ करोड नाफा कमाएको छ । बैंकको खुद नाफा २७.४९ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा भने प्रभु बैंकले आफ्नो नाफामा उल्लेखनीय सुधार गरेको छ । सो बैंकले आफ्नो नाफामा १४९९.०४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ कमाएको छ ।
यसैगरी नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक दोस्रो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा कुमारी बैंकले नाफा ३४५.६७ प्रतिशतले बढाउँदै २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ कमाएको छ भने नाफा वृद्धिदरमा प्राईम कमर्सियल बैंक तेस्रो स्थानमा रहँदै २६७.१९ प्रतिशतले वृद्धि गरी ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा