सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,१९ गते। अमेरिकाकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई सत्तारुढ डेमोक्रेटिक पार्टीले आगामी राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा उम्मेदवार चयन गरेको छ ।
ह्यारिस भारतीय–अफ्रिकी मूलकी पहिलो महिला हुन् जसलाई राष्ट्रपति पदका लागि मनोनयन गरिएको छ ।
शुक्रबार उम्मेदवार छनोटका लागि भएको मतदानमा उनले सफलता पाएसँगै नोभेम्बर ५ मा हुने आम चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन् ।
डेमोक्रेटिक पार्टीका अधिकांश प्रतिनिधिबाट उम्मेदवारी पाएको घोषणापछि ह्यारिसले अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार बन्न पाउँदा आफूलाई गर्व लागेको बताइन् ।
उनले अर्को हप्ता औपचारिक रूपमा मनोनयन स्वीकार गर्ने पनि बताइन् । ह्यारिसकी आमा भारतीय अमेरिकी थिइन् भने उनका बुबा अफ्रिकी मूलका जमैकन थिए ।
अगस्ट २२ मा शिकागोमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्ने जनाइएको छ । अबको केही दिनमा उनले उपराष्ट्रपतिको उम्मेदवार घोषणा गर्न सक्नेछन् ।
यस्तै, ट्रम्पले शुक्रबार आफ्नो सम्भावित डेमोक्रेटिक प्रतिद्वन्द्वी उपराष्ट्रपति कमला ह्यारिससँगको बहसमा भाग लिने वा नलिने भन्ने निर्णय नगरेको बताएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा