सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । लाजिम्पाटस्थित प्रचण्ड निवासमै पुगेर देउवाले समसामयीक राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् ।
देउवा र प्रचण्डबीच मन्त्रालय भागबन्डा, सरकार सञ्चालन लगायतका विषयमा छलफल भएको स्रोतले बतायो । कांग्रेस सभापति देउवा प्रचण्डको प्रस्तावमा चौथोपटक मंगलबार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा