सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतको केरला राज्यको वायनाड मंगलबारको पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय ४३ पुगेको छ ।
पहिरोमा परि घाइते भएका १२८ जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
लगाातारको मनसुनी वर्षापछि मंगलबार राति पटक पटक गएको पहिरोका कारण वायनाड जिल्लाका विभिन्न क्षेत्रमा ठुलो धनजनको क्षति भएको छ ।
पहिरो प्रभावित क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेका कारण उद्धार तथा राहत प्रभावित भएको छ ।
त्यसैगरी, अविरल वर्षाका कारण आएको पहिराले पुल बगाएपछि सेनाले अस्थायी पुल प्रयोग गरी एक हजारभन्दा बढीको उद्धार गरेको जानकारी दिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा