सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ साउन । साताको पहिलो दिन हिजो १०३ अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ४६ अङ्कले घटेर २ हजार ६ सय ६१ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।
बजार दोहोरो अंङ्कले घटेपनि कारोबार रकम भने आज ३५ महिनायताकै उच्च भएको छ । यसदिन ३२५ वटा कम्पनीका ४ करोड ७७ लाख कित्ता शेयर १९ अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ ।
आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, व्यापार, विकास बैंक, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ६१ करोड १२ लाख र कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज आरम्भ चौतारी लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
नयाँ सरकार गठन भएसँगै बढेको शेयर बजारमा नाफा बुक गर्न खोज्दा कारोबार रकम बढेको हो । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०८१÷०८२ को लागी जारी गरेको मौद्रिक नितिमा शेयर धितो कर्जाको मार्जिन २० करोड हटाएपछि बैंकिङ्ग समुह केही बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा