सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ साउन । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन शेयर बजार उत्साहजनक रुपमा बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११३ दशमलव ४२ अङ्कले बढेर २ हजार ६ सय ८१ दशमलव ५६ विन्दुमा पुगेको छ ।
यसदिन ३१८ वटा कम्पनिको ४ करोड ३ लाख कित्ता शेयर १५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख र एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज बैंकिङ समूहको शेयर झन्डै १० प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । १९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेकोमा धेरैजसो वाणिज्य बैंकका रहेका छन् । समग्रमा बजार बढे पनि आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे ९ प्रतिशतले घटेको छ ।
दुई पटक ‘सर्किट ब्रेक’ लागेर कारोबार बन्द भएको आजको नेप्सेमा ३० महिनायताकै उच्च विन्दुमा पुगेको हो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा