सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरिएको छ ।
चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धी छ ।
कर्जा विस्तार लक्ष्य १.५ प्रतिशतले बढाएपनि गभर्नर स्वयम्ले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताएका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले सहकारीका सञ्चालकको नाममा रहेको रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने नीति लिएको गभर्नर अधिकारीले बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा