सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, ८ साउन। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरुलाई काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार मन्त्रालयमा निर्माण व्यवसायी महासंघका टोलीहरुसँगको भेटमा उनले व्यवसायीहरुको समस्या भनेको देशको संरचनका कारण समस्या भएको भन्दै व्यवसायीहरुलाई सहज तरिकाले काम गर्ने वातावरण निर्माण गर्न सरकारले पहल गर्ने बताए ।
उनले भने, ‘कुराभन्दा पनि काम गरेर देखाउने हो । व्यवसायीहरुको भौतिक निर्माणमा एकदमै महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीलाई समस्या भएमा सरकारलाई पनि गार्हो हुन्छ । त्यसकारण काम गर्नको लागि सजिलो वातावरण निर्माण गर्नेतर्फ पहल गर्छु ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा