सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम समय लिनुपर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
‘त्रिभुवन विश्वविद्यालयका शैक्षिक, प्रशासनिक एवं अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा उहाँको समय व्यवस्थापनका लागि क्यूआर प्रयोग गरी अग्रिम समय लिनुहुन अनुरोध छ,’ सूचनामा भनिएको छ ।
बराल गत फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा