सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिङ्गापुरको खाद्य नियामक निकाय (एसएफए) ले करिब १६ प्रजातिका किरालाई मानव खाद्यका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ ।
बहुप्रतिक्षित घोषणा सिङ्गापुरमा चीन, थाइल्याण्ड र भियतनाममा पाइने कीराहरूको आपूर्ति र पालनपोषण गर्ने उद्योगकाका लागि राम्रो समाचार रहेको ‘द स्ट्रेट टाइम्स अखबार’ ले उल्लेख गरेको छ ।
खानाको लागि स्वीकार गरिएका किराहरूमा फट्याङ्ग्रा, सलह, खाने किरा र विभिन्न प्रजातिका रेशमकीराहरूलाई राखिएको छ ।
सिंगापुर फूड एजेन्सी (एसएफए) ले मानव उपभोग वा पशुधनको दानाको लागि कीराहरू आयात गर्न वा पालन गर्न चाहनेहरूले गाइडलाइन भने पालना गर्नुपर्ने छ ।
संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनले कीराहरूलाई मासुको विकल्पको रूपमा मान्दछ किनभने तिनीहरूमा प्रोटीन उच्च हुन्छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा