सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले अहिले ब्यबस्थापिका संसदमा संबोधन गर्दै भरतपुरमा मतपत्र च्यात्ने कामले लोकतन्त्रको धज्जी उडाएको बताएका छन् । भरतपुरको वडा नम्बर १९ को मतगणना जारी रहेका बेला मतपत्र च्यात्ने काम आफ्नो दल छोडेर गएका केही शक्तिको उक्साहटमा भएको बताएका छन् ।
सदनलाई सम्बोधन गर्दै जाँदा घरि आक्रोशित त घरी भावुक भएर सम्बोधन गरिरहेका प्रचण्डले भने भरतपुरमा मेरै छोरी मेयरको उमेदवार हुँदा मैले रेणुलाई मैले भने तिमीले जिते पनि जित्यौ हारे पनि जित्यौ, निश्चिन्त भएर बस्नु ।
रेणुको नाम लिँदा थप भावुक बनेका प्रचण्डले भने भरतपुरमा सबैको आँखा लागेका छन् । त्यहाँको नतिजा निष्पक्ष आउँछ । यो घटनाले देशभरको चुनाव गर्न राम्रो पाठ सिकाएको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले... विस्तृतमा