सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेह्रथुम,अषाढ २१। तेह्रथुममा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
जिल्लाको लालिगुराँस नगरपालिका–८ आफ्नै आमा ४६ वर्षीया तिलमाया नेपालीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दिपक नेपालीलाई बिहीबार पक्राग गरेको जनाएको छ ।
दिपकले खुकुरी प्रहार गर्दा तिलमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा