सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ असार । साताको अन्तिम कारोबार दिन सुनको भाउ सामान्य बढेको छ । उक्त दिन सुन प्रतितोला १०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य ५ रुपैंयाले बढेर १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा