सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ असार । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न अनुरोध गरेको हो ।
ग्राहकहरुले बैंकको आधिकारीक वेवसाइट तथा वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई‘ई–टीडीएस’रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले उल्लेख गरेको छ । प्यान नम्बर अद्यावधि भएपश्चात ग्राहकहरुको कर कट्टीको विवरण सो नम्बरबाट प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकले जनाएको छ ।Citizen Life I-Land
यसले ग्राहकहरुलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा प्रमाणपत्र लिन बैंकसम्म धाउनु नपर्ने बैंकले जनाएको छ । एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा