सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यही वर्षभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्ने बताएका छन्।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।
साम्पाङले गए राति फेसबुकमा लेखेका छन्,’८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ ! मन परे साथ दिएर जोडिनु होला।’
उनले आफूहरूले बनाउने नयाँ शक्तिलाई मन परे साथ दिन पनि आह्वान गरेका छन् ।
काठमाडौँ । सहकारीको बचत रकम अपचलन सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसद्ले सरकारलाई पठाएको छ। सोमवार प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन आवश्यक... विस्तृतमा