सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २० असार । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहिबार १५ दशमलव ४६ अङ्कले बढेर २ हजार १ सय १९ दशमलव ६९ विन्दुमा झरेको छ ।
यसदिन ३१३ वटा कम्पनीका २ करोड २१ लाख कित्ता शेयर ६ अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३० करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज आँखु खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा