सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ असार । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य २० रुपैंयाले बढेर १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा