सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ असार । स्विभ्ट एजुकेशनले ग्राजेएसन एवं ट्यालेन्ट डे सम्पन्न गरेको छ । हिमालयन होटल कुपण्डोलमा एक कार्यक्रमका बिच स्विभ्ट एजुकेशनले आफना पाँच जना विद्यार्थीहरुको ग्राजुएसन तथा ट्यालेन्ट डे सम्पन्न गरेको हो ।
कार्यक्रममा नितेश छन्त्याल, बबिना आले, दिप्ती थापा, किाशोर दर्लामी र सुमित थापा दिक्षित भएका थिए । उनीहरुले आफनो फर्सदको समयमा विभिन्न कोर्सहरु पुरा गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले आफुले तयार पारेको सुचना प्रविधिका प्रोजेक्टहरुको प्रस्तुति दिनुको साथै आफना प्रोजेक्टका सबै फिचर्सहरुको जानकारी दिएका थिए । पाँचै जना विद्यार्थीहरुको प्रोजेक्टको बारेमा स्टलमा पुगेर विभिन्न कम्पनिका प्रतिनिधि एवं कार्यक्रममा उपस्थितहरुले तयार पारेको प्रोजेक्टको बारेमा जानकारी लिइएको थियो ।
समारोहमा विद्यार्थीहरुलाई विभिन्न कम्पनिले जागीरको अफरको लागी बायोडाटा माग्दै हौसला समेत प्रदान गरिएको थियो ।
स्विभ्ट एजुकेशन संस्थापक सुवास शाहीले कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए । उनले विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना दिर्दै भविष्यमा पनि विद्यार्थीहरुलाई हरसम्भवको सहयोगलाई निरन्तरता दिने बताए ।
स्विभ्टको ब्रान्ड एम्बेस्डर सुरक्षा पन्तले आजको आईटी युगमा यस किसिमको पढाईले विद्यार्थीहरुको करियर विकास हुने बताइन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा