सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ असार । नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कटाक्ष गरेका छन् ।
मेयर बालेनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत यो समय गिरिबन्धु चियाको हो भन्दै कटाक्ष गरेका हुन् ।
उनले काले काले मिलेर खाऊ भाले भनेर समेत टिप्पणी गरे । ‘गिरिबन्धुको फाइल खोल्ने हल्लाकाबीच उल्टो त्यस्तो जग्गा एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएछ,’ उनले लेखेका छन् ।
सोमबार मध्यराति संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन कांग्रेस र एमालेबीच सहमति भएको थियो ।
बालेनले आफनो सोही स्ट्याटसको कमेन्टमा लेखेका छन् :
”गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्गा ‘एकपल्ट’लाई बेच्न दिने ‘विधेयक’ संसदबाट पास भएछ !
नेपाल मजदुर किसान पार्टी र कांग्रेसका केही सांसदले विरोध गरे पनि एमाले, माओवादी र रास्वपाले समर्थन गरेपछि यो विधेयक पास भयो !
अब विरोध गरेको कांग्रेसले हल्ला भएजस्तै सरकार फेरियो भने भोलिबाट समर्थन जनाउनेछ अनि आज विधेयक पास गर्ने रास्वपा र माओवादीले चर्को स्वरमा गिरिबन्धुको नाम काढ्नेछन् र सदन बन्द गर्नेछन् ।
सरकार सुइँकिँदै छ भन्ने सुइँको पाएको भए रास्वपा यो हिलोमा मुछिन्नथ्यो होला तर सत्ताको ‘टाप’ले आँखा छोपियो ।
देशमा एउटा मझौला उद्योग खोल्न पुग्ने खाली जग्गा पनि बाँकी छैन । उद्योगको ‘प्लान्ट’ भन्दा जग्गा किन्न या भाड़ामा लिन महँगो पर्छ । औद्योगिक प्रयोजनबाहेक अन्यमा प्रयोग र बेचबिखन गर्न नपाइने गरी ‘पञ्चायत’ले जोगाइदिएका केही जग्गा पनि जोगाउन नसक्ने हो भने भोलि कहाँ पुगिएला ?
नेपालको राजनीति !
नारायण गाउले”
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा